बैशाख १७, २०८१, सोमबार
               

रुकुम घटनाका पीडित परिवारलाई कलाकारहरुको सहयोग

नेपाल फ्ल्यास
साउन १५, २०७७

ADVERTISEMENT

काठमाडौं । रुकुमपश्चिमको सोती घटनाका मृतकको परिवारलाई कलाकारहरुले पाँच लाख आर्थिक सहयोग गरेका छन् । 

राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले उक्त रकम जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सिपी घर्तीलाई हस्तान्तरण गरे ।

गत जेठ १० गते भएको घटनामा सोती निवासी सुष्मा मल्लसँग नवराज विश्वकर्माको अन्तर्रजातिय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरुसँग युवतीको घरमा जाँदै गर्दा स्थानीयवासीको कुटपिटमा मृत्यु भएको थियो ।

मृतक नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै युवतीको घरमा गएका अन्य पाँच जनाको पनि मृत्यु भएको थियो ।

सो घटनाका प्रत्येक मृतकको परिवारलाई परिवारलाई ५० हजारका दरले तीन लाख वितरण गरिने छ भने प्रत्येक घाइतेलाई दश हजारको दरले १२ जनालाई प्रदान गरिनेछ । 

रकम अष्ट्रेलिया, अमेरिका लगायत देशबाट गायक यस कुमारको पहलमा संकलन भएको कलाकार श्रेष्ठले जानकारी दिए ।

यो पनि