रौतहट । यमुनामाइ गाउपालिकामा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप हुँदा १५ जना घाइते भएका छन् ।
गाउँपालिकाका प्रवक्ता नन्दलाल यादबका अनुसार ग्यास चुल्हो बितरण गर्दा गदै एक समुह आएर ग्यास चुल्हो हामीलाई पनि चाहियो भन्दै वडा नं. ५ का वडाध्यक्ष रहमत आलम राकीको घर भित्रै पसेर आक्रमण गर्दा झडप हुन पुगेकाे हाे ।
यमुनामाइ गाउँपालिका वडा नं. ५ झुनखुनुवा चोकमा ग्यास चुल्हो र सिलिण्डर बाँड्ने क्रममा दोहोरो झडप भएको हो । झडपमा परेका २ जनाको अबस्था गम्भीर छ । १३ जना घाइतेहरुको गौरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर अबस्थामा रहेका २ जनालाइ भरतपुर पठाइएको प्रवक्ता यादबले बताए ।