जेठ ०५, २०८१, शनिबार
               

घूस दिएर लागुऔषध मुद्दाका आरोपीलाई छुटाउन खाेज्ने २ जनाविरुद्ध मुद्दा

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

काठमाडौैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई जवर्जस्ती घूस दिने २ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेकाे छ । 

दाङ जिल्ला घोराही उप-महानगरपालिका-१८ बस्ने गोविन्द शाह र लमही नगरपालिका-५ बस्ने समीर भण्डारीविरुद्ध मुद्दा दायर गरिएकाे अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । 

आरोपित भण्डारी  र शाहले  लागुऔषध मुद्दाका आरोपीलाई छुटाउने प्रयोजनार्थ वडा प्रहरी कार्यालय घोराही दाङका प्रहरी निरीक्षकलाई एकलाख ५० हजार घूस दिएको देखिएकाे हुँदा मुद्दा दायर गरिएकाे प्रवक्ता अधिकारीद्वारा हस्ताक्षर गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

आरोपी गोविन्द शाह र समीर भण्डारीले लागुऔषध मुद्दाका आरोपीलाई प्रहरी हिरासतबाट छुटाउने प्रयोजनार्थ जवर्जस्ती घूस दिएकाे भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ३ बमोजिम कसुर भएको पुष्टि हुन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको हाे । 


कस्तो लाग्यो ?

यो पनि