जेठ ०७, २०८१, सोमबार
               

बाढीमा ११ वर्षीय बालकसहित चार बेपत्ता

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

धनगढी– कैलालीको भजनी नगरपालिकामा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय भजनीका अनुसार ११ वर्षीय बालकसहित चार जना बेपत्ता भएका हुन् । उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

बाढीमा ११ वर्षीय बालक सकील चौधरीसहित चार बेपत्ता भएको र अन्य तीन जनाको पहिचान खुल्न नसकेको प्रहरी निरीक्षक जनक धामीले बताए । बाढीमा फसिरहेका दुई जनाको सकुशल उद्धार गरिएको उनले जानकारी दिए ।

कान्द्रा, काँडा र पथरिया नदीमा पानीको स्तर बढेपछि कैलालीको भजनी, टीकापुर, लम्की र जोशीपुरका विभिन्न बस्ती डुबानमा परेका छन् ।


कस्तो लाग्यो ?

यो पनि