जेठ ०६, २०८१, आइतबार
               

पृथ्वीराजमार्ग अवरुद्ध

नेपाल फ्ल्यास
साउन १४, २०७७

ADVERTISEMENT

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी सडकखण्ड पहिराका कारण आज बिहानदेखि अवरुद्ध भएको छ ।

आँबुखैरेनी गाउँपालिका २ ऐनापहरामा सुक्खा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको हो ।

सडकभन्दा माथिको डाँडाबाट ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिए । 

पहिरो पन्छाएर राजमार्ग पुन : सञ्चालन गराउने काम भइरहेको थापाले बताए ।

राजमार्ग अवरुद्ध भएपछि सर्वसाधारण बीच बाटामै रोकिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि