जेठ ०७, २०८१, सोमबार
               

१८ बर्षीया युवती बलात्कृत

नेपाल फ्ल्यास
साउन १३, २०७७

ADVERTISEMENT

जनकपुरधाम । धुषाको क्षिरेश्वनाथ नगरपालिका–३ की १८ बर्षीया युवती बलात्कृत भएकी छन् ।

स्थानीय कलाम राइनले बलात्कार गरेको पीडित युवतीले बताएकी छन् ।

सोमबार राति १२ बजेतिर पिसाब फेर्न घरबाहिर निस्किएकी युवतीलाई ३० बर्षीय राइनले जबर्जस्ती लगी बलात्कार गरेको पीडित परिवारको भनाइ छ ।

पिसाब फेर्न निस्केकी युवती घर नफर्केपछि उनको खोजी भएको थियो । पछि ती युवतीलाई राइनले बिहान ३ बजेतिर घर छोड्न आएपछि घटना सार्वजनिक भएको हो ।

युवतीले आफूलाई लगेर बलात्कार गरेको बताएपछि बालिकाका आफन्त र गाउँलेले तत्कालै युवकलाई नियन्त्रणमा लिई कुटपिट गरी इलाका प्रहरी कार्यालय महेन्द्रनगरको जिम्मा लगाएका छन् । 

स्थानीयले जिम्मा लगाएपछि युवती र युवक दुबैको स्वास्थ्य परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि