जेठ ०६, २०८१, आइतबार
               

डीआईजीद्वय कार्की र शाहीलाई एआईजीमा बढुवा

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले डीआईजीद्वय प्रधुम्न कार्की र निरज शाहीलाई एआईजीमा बढुवा गरेको छ।

गत असार ३१ गते बढुवा समितिले गरेकाे सिफारिसकाे आधारमा साेमबार साँझ बसेकाे मन्त्रिपरिषद बैठकले कार्की र शाहीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेकाे हाे ।

असार ३१ गते गृहसचिव महेश्वर न्यौपाने नेतृत्वको बढुवा सिफारिस समितिले वरीयता र कार्यक्षमताको आधारमा उनीहरूको नाम सिफारिस गरेको थियो । 

उनीहरू दुवैजना प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्रीसँगै  प्रहरी सेवामा प्रवेश गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि