असोज ०६, २०८१, आइतबार
               

एसईईको परीक्षाफल एक साताभित्र प्रकाशन हुने

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डलेले यो वर्षको एसईईको परीक्षाफल एक साताभित्र प्रकाशन गर्ने गरी तयारी गरेकाे छ । 

परीक्षा नियन्त्रक रामराज खकुरेलले सबै जिल्लाको प्राप्ताङक आइपुगेको कारण एक साताभित्र परीक्षाफल प्रकाशित गरिसक्ने जानकारी दिए । 

कोरोना भाइरसको महामारी र लगातारको लकडाउनका कारण यसपटक एसईईको मुल्यांकन गर्ने जिम्मा सम्बन्धित विद्यालयलाई नै दिइएको थियो । 

शिक्षा विकास समन्वय इकाइले पठाएको अंक रुजु गर्ने काम भैरहेको र रुजु लगत्तै भोलिबाट नम्बर इन्ट्री गरी एकसाताभित्र परीक्षाफल प्रकाशित गर्ने तयारी गरिरहेकाे जनाएकाे छ । सबै जिल्लाकाे प्राप्ताङक आएसँगै सबै जिल्लाको विद्यार्थीको विवरण आइसकेकाे बाेर्डले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि