बैशाख १४, २०८१, शुक्रबार
               

आज साउनको दोस्रो सोमबार, पशुपति मन्दिर नखुलेपछि गेटमै पूजा
मूल मन्दिरमा दर्शन गर्न नपाइएको भन्दै भक्तजनको गुनासो

नेपाल फ्ल्यास
साउन १२, २०७७

ADVERTISEMENT

साउनको दोस्रो सोमबार आज पनि पशुपतिनाथको मूल मन्दिर नखुल्दा भक्तजनहरुले बाहिरैबाट दर्शन गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन गएको चैत ११ गतेदेखि लकडाउन भएपछि सो मन्दिर पनि बन्द गरिएको थियो । धेरै भीड हुने क्षेत्र भएकाले सङ्क्रमण जोखिम बढ्ने भन्दै बन्द गरिएको पशुपतिनाथको मन्दिर नखुल्दा भक्तजनहरुले मूल गेटमा पूजा गरेर फर्किएका छन् ।

लकडाउन हटेपछि अरू क्षेत्र खुला भए पनि मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने सरकारको नीतिअनुसार पशुपतिनाथ मन्दिर भक्तजनका लागि नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए ।

यसअघि  साउनको पहिलो सोमबार ५ गते पनि भक्तजनले पशुपति क्षेत्र बाहिर विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए ।

मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका छन् । विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि