जेठ ०४, २०८१, शुक्रबार
               

२ हजार ४८० जना कर्मचारीले अवकाश पाउँदै

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौँ । चालु वर्ष  २ हजार ४८० जना सरकारी कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय किताबखाना (निजामती) ले आर्थिक वर्ष ०७७/७८ मा अनिवार्य अवकाश हुने कर्मचारीको सूचना नै प्रकाशित गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मी आगामी कात्तिक ७, नेपाल कानून आयोगका सचिव चिरञ्जीवी खनाल कात्तिक २, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारी कात्तिक १, परराष्ट्र सचिव शंकरदास बैरागी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटाले आगामी असोज २२ मा अनिवार्य अवकाश पाउँदै छन् ।

यस्तै, राष्ट्रिय सूचना आयोगका सचिव मणिराम ओझा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव प्रकाश माथेमा, पुनर्निर्माण प्राधिकरणका सचिव रामकृष्ण सापकोटा, लोकसेवा आयोगका सचिव आनन्दराज ढकाल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, गण्डकी प्रदेशका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव तीर्थराज ढकाल पनि सेवा अवधि पूरा भएर चालु आर्थिक वर्षभित्रै अनिवार्य अवकाश पाउने सूचीमा छन् ।

यही वर्ष अनिवार्य अवकाश पाउने सचिवहरूमा वन तथा वातावरण सचिव विश्वनाथ ओली, सहरी विकास मन्त्रालयका सचिव मधुसूदन अधिकारी, शिक्षा मन्त्रालयको विज्ञान तथा प्रविधि सचिव सञ्जय शर्मा, खानेपानी मन्त्रालयका सचिव माधव बेलवासे, रक्षा मन्त्रालयका सचिव रेश्मिराज पाण्डे, महालेखा निरीक्षक गोपीनाथ मैनाली र वाग्मती प्रदेशका प्रमुख सचिव मानबहादुर विक छन् । 

किताबखानाले हरेक आर्थिक वर्षको सुरुमा अनिवार्य अवकाश हुने कर्मचारीको नामावली सार्वजनिक गर्ने गरेको छ । कार्यालय सहयोगीदेखि मुख्य सचिवसम्मका कर्मचारीहरूको अनिवार्य अवकाशको सूचना सार्वजनिक गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि