बैशाख २५, २०८१, मंगलबार
               

चेपाङ बस्तीमा घटेको घटना बाहिर सार्वजनिक भएजस्तो होइन : वनमन्त्री

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले चितवनको चेपाङ बस्तीमा  घटेको घटना बाहिर सार्वजनिक भएजस्तो नभएको बताएका छन् ।

प्रतिनिधि सभा अन्तर्गतको कानून न्याय तथा मानवअधिकार समितिको आइतबारको बैठकमा उनले यस्तो बताएका हुन् । 

‘चितवनको कुसुमखोलास्थित चेपाङ बस्तीमा आँगो लागाइएको र सेनाद्धारा कुटपिट भई मृत्यु भएको सम्बन्धमा समाचारमा आए जस्तो सबैकुरा सत्य नभएको होइन,’ उनले भने, कुसुमखोला आसपास क्षेत्रका २ सय १ घर मध्ये १ सय ९३ घरलाई अर्को ठाउँमा स्थानान्तरण गरिएको र तिनै स्थानान्तरण भएका व्यक्तिहरुले त्यस ठाउँमा खेती किसानी गर्ने र मकै हेर्न बनाइएका मचानहरु मात्रै जलाइएको  हो ।’

उनले जलाइएका ती घरमा गुन्द्री र सामान्य विस्ताराबाहेक केही नभएको पनि बताएका छन् । उनले स्थानान्तरण भएका व्यक्तिहरु पुनः फर्किएर त्यस ठाउँमा बस्ती बसाउन माचानहरु निर्माण गर्न थालेपछि निकुञ्ज प्रशासन दबाबमा पर्दा घटना घटना घटेको हुनसक्ने  बताए ।

यसका अलवा उनले बाहिर आएजति सबै कुरा सत्य नभएको र त्यसैलाई अन्तिम मान्न नसकिने बताएका छन् । 

गत शनिबार चितवन राष्ट्रिय निकुञ्जले कुसुमखोलामा रहेको चेपाङ बस्तीमा हात्तीसहित गई आगलागीका साथै बस्ती भत्काउने काम गरेको थियो ।

सोको विरोधमा मंगलबार नेपाल बसोवास बस्ती संरक्षण समाज र अखिल नेपाल क्रान्तिकारी सकुमबासी संघ चितवनको आयोजनामा प्रदर्शन गरिएको हो । त्यसको चौतर्फी आलोचना भइरहेको छ । चौतर्फी विरोध भएपछि वनमन्त्रीले सो घटनाबारे बाहिर भनिएजस्तो घटना नभएको बताएका छन् ।  

यो पनि