बैशाख १७, २०८१, सोमबार
               

डीभी परेको बताएर ठगी गर्ने २ जना युवती पक्राउ

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।  डीभी परेको बताएर ठगी गरेको अभियोगमा दुईजना महिला पक्राउ परेका छन् । आफूलाई  डीभी परेको भन्दै ठगी गरेको अभियोगमा बाग्लुङकी १९ वर्षीया अमिसा केसी र २७ वर्षीया कोपिला शर्मा पक्राउ परेका हुन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी ईश्वर कार्कीका अनुसार फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालबाट युवकलाई फलो गरेर प्रलोभन देखाई उनीहरूले ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको उजुरी परेको छ ।

प्रहरीका अनुसार उनीहरुले डीभी परे पनि लकडाउनका कारण नेपाल बस्दै आएको बताउने गरेका थिए । नेपालमा डिपार्टमेन्टल स्टोर सञ्चालन गर्ने र त्यसका लागि पैसा आवश्यक परेको बताएर उनीहरुले पैसा लिने गरेको पाइएको छ ।

ठगी गरेर लुकिछिपी बसेको अवस्थामा उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।


कस्तो लाग्यो ?

यो पनि