जेठ ०६, २०८१, आइतबार
               

स्याङ्जामा दुर्लभ प्रजातिको अजि‌ंगर फेला पर्‍यो

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका १० मा दुर्लभ प्रजातिको अजिङ्गर फेला परेको छ । किसान भन्ने ठाउँमा फलेदाका रुखमा उक्त अजिङ्गर देखेपछि खेतमा पानी लगाउन गएका स्थानीयवासीले देखेर डिभिजन वन कार्यालय स्याङ्जा तथा चापाकोट प्रहरीचौकीमा खबर गरेका थिए ।

डिभिजन वन कार्यालय स्याङ्जाका डिभिजनन वन अधिकृत कोमलराज काफ्लेले सूचना पाएसँगै नजिकैको इलाका वन कार्यालय दामाचौरबाट कर्मचारी पठाइएको बताए।

सो अजिङ्गर झण्डै १० फुट लम्बाइ र २५/३० केजी तौलको रहेको जनाइएको छ । ‘कालीगण्डकी नदी नजीकै रहेकाले पनि अजिङ्गर त्यतैबाट आएको हुन सक्छ, यो प्रजातिको अजिङ्गर पानीमा पौडिन र रुखमा सजिलैसँग चढ्न सक्ने खालको हुन्छ’, काफ्लेले भने, ‘यो संरक्षित वन्यजन्तुको सूचीमा सूचीकृत भएकाले पनि यसलाई  सुरक्षित गर्नेतर्फ लागिरहेका छौंँ ।’

अजिङ्गर रहेको ठाउँमा नजान, नजिस्क्याउन र अनावश्यक भीडभाड नगर्न स्थानीयवासीलाई अनुरोध गरिएको वडा १० का वडाध्यक्ष रामु कोइरालाले बताए ।


कस्तो लाग्यो ?

यो पनि