बैशाख २१, २०८१, शुक्रबार
               

अब कक्षा १२ उतिर्ण प्रमाणपत्रमा ११ काे नतिजा नराखिने

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले अबदेखि  कक्षा १२ उत्तीर्ण भएको प्रमाणपत्रमा कक्षा ११ का विषय र उत्तीर्णाङक उल्लेख नगर्ने भएको छ ।

यसपटकदेखि कक्षा ११ को परीक्षा तथा नतिजा सम्बन्धित विद्यालयले नै सार्वजनिक गर्ने व्यवस्था भएपछि बोर्डले प्रमाणपत्रमा पनि नयाँ नियम लागू गर्न लागेको हो ।बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार कक्षा ११ मा कुन कुन विषयम कति प्राप्तांक ल्याए भन्ने जानकारी १२ को प्रमाणपत्रमा हुँदैन ।

यसअघि बोर्डले नै कक्षा ११ र १२ को परीक्षा लिने गरेको थियो । र बोर्डले नतिजा प्रकाशन गर्दा विद्यार्थीले कक्षा ११ र १२मा पढेको विषय र प्राप्तांक समेत उल्लेख गर्ने गरेको थियो । बोर्डले पारित गरेको कक्षा ११ को मूल्यांकन कार्यविधि अनुसार सम्बन्धित विद्यार्थीको परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन अध्ययनरत विद्यालयबाटै हुनेछ । 

कोभिड १९ को संक्रमण त्रासका कारण यो वर्षदेखि कक्षा ११ को परीक्षालाई सम्बन्धित विद्यालयले नै सञ्चालन गर्ने जिम्मेवारी दिइएको हो । माध्यमिक शिक्षा परीक्षाको पनि आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई प्राप्तांक दिने निर्णय सरकारले यसअघि नै गरिसकेको छ ।

बाँकी रहेको कक्षा १२ को परीक्षा भने बोर्डले नै सञ्चालन गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि