असोज ०६, २०८१, आइतबार
               

रञ्जन कोइरालालाई 'रिसिभ' गर्न कारागार पुगिन् प्रेमिका
आएनन् छोराहरु

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । सर्वोच्च अदालतले आधाभन्दा बढी सजाय घटाइदिएपछि सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइराला जेल मुक्त भएका छन् । असार १५ गते सर्वोच्चले उनको आधाभन्दा बढी सजाय घटाइदिएको थियो ।

साढे ८ वर्षदेखि डिल्ली बजार कागरागारमा जेलजीवन बिताइरहेका कोइरालालाई बिहीबार जेल मुक्त गरिएको कारागार प्रशासनले जनाएको छ ।

श्रीमती गीता ढकालको हत्या गरेपछि जिल्ला अदालत र पुनरावेदन अदालतले उनीविरुद्ध सर्वस्वसहित कैदको फैसला गरेका थिए । 

तर, असार १५ मा प्रधानन्यायधीश चोलेन्द्र शमसेर जबरा र तेजबहादुर केसीको इजलासले उनीविरुद्धको सजाय घटाउने फैसला गरेको थियो । उनले भुक्तान गरेजति नै अर्थात साढे ८ वर्ष कैद कायम गरेपछि कोइराला जेलमुक्त भएका हुन् ।

नेश्नल डिफेन्स कोर्सका लागि चीनमा रहेका तत्कालीन डीआईजी कोइरालाले विदामा काठमाडौं आएका वेला २०६८ माघमा पत्नी गीताको हत्या गरेका थिए ।

कोइरालाले २०६८ माघमा (महाराजगन्जमा) श्रीमतीको हत्या गरेर मकवानपुरको पालुङमा पुर्‍याई शव जलाएका थिए। उनलाई शव जलाएर फर्किंदै गर्दा नागढुंगामा प्रहरीले पक्राउ गरेको थियो ।

नेपाल प्रहरीबाट २०५८ सालमा सेवा परिवर्तन गरी कोइराला सशस्त्र प्रहरी बलमा प्रवेश गरेका थिए ।

‘रिसिभ’ गर्न पुगिन् प्रेमिका

रञ्जन कोइरालालाई ‘रिसिभ’ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी थिइन् । 

रञ्जन र गीता ढकालका दुई छोराहरु छन् । गीताको हत्या गरेर जेल परेका रञ्जन रिहा हुँदा उनका छोराहरु भने रिसिभ गर्न आएनन् ।

बा १८ च ५४१७ नम्बरको कार चलाएर प्रेमी कोइरालालाई रिसिभ गर्न प्रेमिका तारा रेग्मी डिल्लीबजार कारागार पुगेकी हुन् ।

प्रेमी रञ्जनलाई लिन कारागार पुगेकी ताराले सञ्चारकर्मीसँग ‘रञ्जन र मेरो विवाह भइसकेको’ भनेर प्रतिक्रिया दिएकी थिइन् । औपचारिक विवाहको प्रसङ्गमा भने उनले हाँसेर टारिन् । 


कस्तो लाग्यो ?

यो पनि