मंसिर ०७, २०८१, शुक्रबार
               

खुल्यो नारायणगढ–मुग्लिन सडक

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

पहिरो खसेपछि अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पुन:सञ्चालनमा आएको छ । मङ्गलबार राति १६ किलोमा खसेको पहिरो दिनभर लगाएर पन्छाएपछि अहिले ७ः४५ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको हो । 

भरतपुर महानगरपालिका वडा नं २९ को बालुवा पुल नजिकै राति ८ः४५ बजे ठूला चट्टानसहित पहिरो झरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरका ईन्जिनियर विजय दराईका अनुसार  ब्रेकरले चट्टान फोरेर पहिरो पन्छाइएको हो । पहिरो पन्छाउन नारायणगढतर्फ दुई वटा एक्साभेटर र मुग्लिनतर्फ दुई वटा लोडर परिचालन गरिएको थियो । सो ठाउँमा झरेको पहिराले १५० मिटर सडक ढाकेको थियो ।

पहिरो आज बिहान ९ बजेदेखि पन्छाउन थालिएको थियो । पहिरो पन्छाएसँगै मुग्लिनतर्फ जाने र आउने सवारीसाधन गन्तव्यतर्फ लागेका छन् । सवारीको चाप कम भएपछि सडक पूरै सफा गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि