असोज ०६, २०८१, आइतबार
               

काठमाडौं आउन अझै सवारी पास चाहिने

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले काठमाडौं उपत्यका छिर्न अझै सवारी पास चाहिने बताएको छ । 

सरकारले लकडाउन सकिए पनि अन्तरजिल्ला सवारी साधन नखुलाएकाले अन्तरजिल्ला आवतजावतका लागि पास चाहिने बताएको हो । 

सोमबार मन्त्रिपरिषद् बैठकले मंगलबार मध्यरातबाट लकडाउनको अन्त्य भएको घोषणा गरेको छ ।

सरकारले अन्तरजिल्ला आवतजावत भने भदौ १ बाट मात्र हुने बताएको छ । तर, सरकारले उपत्यकाका तीन जिल्लामा भने पास नचाहिने बताएको छ ।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्ने जनाएको छ। 


कस्तो लाग्यो ?

यो पनि