जेठ ०४, २०८१, शुक्रबार
               

विद्यालयस्तरको पाठ्यपुस्तकमा मानसिक स्वास्थ्यबारे समेट्न सरकारलाई निर्देशन

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले विद्यालयस्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्न सरकारलाई निर्देशन दिएको छ ।

यसका अलवा समितिले आत्महत्या रोक्ने उपायबारे अध्ययन अनुसन्धान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा  महिला तथा सामाजिक समितिले विद्यालय स्तरको पाठ्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी विषयवस्तु समेटी अध्यापन–अध्यापन गर्ने–गराउने व्यवस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई यस्तो निर्देशन दिएको हो । 

बुधबारको बैठकमा सांसदहरुले आत्महत्या रोक्न पाठ्यक्रममा मानसिक स्वास्थ्यलाई समेट्नुपर्ने बताएका थिए । मानसिक समस्या बढेका कारण आत्महत्याको दर पनि बढिरहेका बेला सो समितिले बुधबार यस्तो निर्णय गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि