जेठ ०४, २०८१, शुक्रबार
               

लकडाउन खुले पनि कोरोना घटेको छैन, सतर्क रहनू : राष्ट्रपति

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लकडाउन खोले पनि कोरोनाको जोखिम अझैँ टरिनसकेकाले स्वास्थ्यसम्बन्धी सबै नियम पालना गर्न सबैलाई आग्रह गरेकी छन् ।

सरकारले लकडाउन खुल्ला गरे पनि कोरोनाको जोखिम झन बढेको हुनाले राष्ट्रपति भण्डारीले सतर्कता अपनाउन आग्रह गरेकी हुन्। जनजीवनलाई सहज पार्न नेपाल सरकारले बन्दाबन्दी केही सरल गरेको छ ।

राष्ट्रपति भण्डारीले ट्वीट गर्दै भनेकी छन्, ‘तथापि कोरोना महामारीको जोखिम सकिएको छैन । स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न सबैमा आग्रह गर्दछु।’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि नेपालमा कोरोना संक्रमण दर घट्दै गए पनि जोखिम हटिनसकेकाले आवश्यक सर्तकता अपनाउन आग्रह गर्दै आएको छ ।

सरकारले आजदेखि लागु हुने गरी चैत ११ गतेदेखि लगाएको लकडाउन खुला गर्ने निर्णय लिएको हो ।

 


कस्तो लाग्यो ?

यो पनि