जेठ ०६, २०८१, आइतबार
               

आजबाट त्रिविका क्याम्पसहरु खुल्यो

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । लकडाउनका कारण लामे समयदेखि बन्द भएको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरु आजबाट खुलेका छन् ।

गत यही ६ गतेबाट लकडाउन अन्त्य भएलगत्तै शिक्षक–कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जनाएको छ ।

उक्त क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सञ्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो ।  


कस्तो लाग्यो ?

यो पनि