बैशाख २४, २०८१, सोमबार
               

नारायणगढ–मुग्लिन सडक आज पनि खुल्ने सम्भावना कम

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

चितवन । अविरल वर्षाका कारण पहिरो आएर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड आज पनि खुल्ने सम्भावना कम रहेको छ ।

पहिरोका कारण हिजो (सोमबार) विहानैदेखि नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध छ ।

लगातार बर्षा भइरहेका कारण इच्छाकामना गाउँपालिका–६ स्थित चार किलो खसेको पहिरो हटाउन समस्या भएको छ ।

आज विहानैदेखि पहिरो हटाउने तयारी गरिए पनि निरन्तर वर्षाका कारण पहिरो पन्छाउने काम अझै सुरु हुन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । 

आज पनि दिनभर पानी पर्ने भएकाले बाटो खुलाउन समस्या हुन सक्ने थापाले बताए ।

यो पनि