असोज ०६, २०८१, आइतबार
               

आज पनि बिहानैदेखि देशभर भारी वर्षा, सतर्कता अपनाउँन सुझाव

नेपाल फ्ल्यास
साउन ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि देशभर भारी वर्षा भइरहेको जनाउँदै आम नागरिकलाई सतर्कता अपनाउँन आग्रह गरेको छ ।

पूर्वानुमान महाशाखाका अनुसार बिहानैदेखि दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ । त्यस्तै, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साथै, राती पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुनेछ बताइएको छ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ।


कस्तो लाग्यो ?

यो पनि