जेठ ०७, २०८१, सोमबार
               

कीर्तिपुरको सुन्दरीघाटमा बागमती पस्यो, रुम्बामा सडक अवरुद्ध

नेपाल फ्ल्यास
साउन ०५, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा बागमती नदीको बहाव बढेर पानी बस्तीमा पसेको छ ।

सुन्दरीघाटस्थित सुकुम्बासी बस्तीमा बाढी पसेपछि त्यहाँ रहेको चार घरबाट २० जनाको उद्धार गरिएको महानगरीय प्रहरी वृत कीर्तिपुरले जनाएको छ ।

यता, आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण ललितपुरको बाग्मती गाउँपालिका–५ रुम्बामा सडक अवरुद्ध भएको छ । 

चापागाउँबाट गिम्दी जाने बाटो अवरुद्ध भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

त्यस्तै, भक्तपुरको चागुनारायण नगरपालिका–६ नगरकोटमा अविरल वर्षाका कारण पुल हाउस भत्किएको छ । 

रामबहादुर तामाङले सञ्चालन गरेको पुल हाउसको पर्खाल भत्किँदा २ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि