बैशाख १८, २०८१, मंगलबार
               

१५ घण्टापछि खुल्यो बुटवल–तानसेन सडक

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

बुटवल । पहिरोका कारण अवरुद्ध भएको सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्ड १५ घण्टापछि खुलेको छ ।

तानसेन नगरपालिका–८ मा पर्ने गौडेपुल नजिकै आइतबार राति आठ बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो ।

सोमबार बिहानदेखि दुईवटा एक्साभेटर र ढोजरले पहिरो हटाएपछि साढे ११ बजेबाट सवारी साधन चल्न थालेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताएका छन् ।

उक्त स्थानमा एक सातादेखि पहिरो खस्दै आइरहेको थियो । शुक्रबार राति ठूलो मात्रामा खसेको पहिरोले दुई दिन सवारी साधन सञ्चालन र पैदल यात्रासमेत ठप्प भएको थियो ।

पहिरोले राजमार्गको बेसलाइन नै बगाएको थियो । आइतबार सडक खुलेको तीन घण्टापछि पुनः पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक खुलेसँगै गन्तव्यतर्फ लागेका डीएसपी गिरीले बताए ।

झण्डै तीन सय मिटर माथिबाट खसेको पहिरोको अवशेष सडकको माथिल्लो भागमा अझै रहेकाले उक्त पहिरोको क्षेत्रमा यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि