जेठ ०३, २०८१, बिहीबार
               

झरीमा साइकल चढेर चक्रपथ घुम्ने को हुन् यी भिआइपी ?

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । तस्विरमा देखिएको व्यक्ति को होलान ? तपाइँले झट्ट  हेर्दा पहिचान गर्न सक्नुहुन्न । किनकी उनले मास्क, चश्मा, हेलमेट र रेनकोट लगाएका छन् ।

काठमाडौं उपत्यकामा वर्षा भइरहेको समयमा यी व्यक्तिले चक्रपथको चक्कर लगाएका छन्, त्यो पनि साइकलमा । उनी हुन्, पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा । 

आइतबार बिहान सिमसिम पानी परिरहेको समयमा काठमाडौं चक्रपथको यात्रा गरेको उनले जानकारी दिएका छन् । 

सिमिसिमे पानीमा साइकलमा चक्रपथको यात्रा गर्दा रमाइलोसँगै शारीरिक अभ्यास पनि भएको उनले बताएका छन् । 

सामाजिक सञ्जाल ट्विटरमा तस्विरसहित उनले लेखेका छन्, 'सिमसिमे पानीमा आज साईकलमा काठमाडौं रिंगरोडको एक चक्कर पूरा गरियो । रमाइलो शारीरिक अभ्यास ।'


कस्तो लाग्यो ?

यो पनि