बैशाख २१, २०८१, शुक्रबार
               

दिनदहाडै बालिकाको कानबाट गरगहना लुटपाट

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । हिँजो दिनदहाडै बालिकाको कानबाट गरगहना लुटपाट भएको छ । काठमाडौं महानगरपालिका– २६ गल्कोपाखास्थित बागमती ड्राईभिङ सेन्टर नजिक बालिकाले कानमा लगाएको सुनको मुन्द्रा दिनहाडै लुटपाट भएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेश कास्की घर भई हाल काठमाडौं महानगरपालिका– २६ कपुरधारा बस्ने दुई जना बालिकाकाे कानबाट सुनको मुन्द्रा शनिबार दिउँसो लुटपाट भएको प्रहरीको भनाइ छ ।

बालिकाहरु सडकमा हिँडिरहेका बेला अपरिचित महिलाले ललाई फकाई गल्लीमा लगि उक्त मुन्द्रा लुटेर फरार भएका हुन् । ती 
फरार भएका महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि