बैशाख १७, २०८१, सोमबार
               

साउनको पहिलो सोमबार पनि पशुपति नखुल्ने

नेपाल फ्ल्यास
साउन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । साउनको पहिलो सोमबार दर्शनार्थीका लागि पशुपति मन्दिर नखुल्ने भएको छ ।

कोरोना भाइसको जोखिमका कारण दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथको मन्दिर भोलि पनि नखुल्ने भएको हो । 

पशुपति मन्दिर मात्रै नभएर अन्य ठाउँका मन्दिरमा पनि नजान पशुपति क्षेत्र विकास कोषको सुझाव छ । महामारीको विषम परिस्थिति भएकाले यस्तो बेला घरमा नै पूजा पाठ गर्न कोषले आग्रह गरेको हो । 

यसअघिका वर्षमा साउने सोमबारमा पशुपतिलगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गर्दथ्यो । यस्तै पशुपति मन्दिरमा हुने नियमित नित्य पूजा मात्र हुनेछ । लकडाउनको बेला दर्शनार्थीका लागि पशुपति मन्दिर नखुलाए पनि मन्दिरमा हुँदै आएको नित्य पूजा भने भइरहेकाे पशुपति विकास काेषले जनाएकाे छ ।  


कस्तो लाग्यो ?

यो पनि