गुल्मी । पहिरोका कारण गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा खानेपानीका कैयौं मुहानहरु अवरुद्ध भएका छन् ।
गत असार १८ गते राति इस्मा गाउँपालिकाका विभिन्न स्थानमा गएको पहिरोका कारण खानेपानीका मुहानहरु अबरुद्ध भएका हुन् ।
इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टले झण्डै ६० वटा खानेपानीका मुहान बाढी तथा पहिरोले अवरुद्ध पारेको जानकारी दिए ।
त्यस्तै कतिपय स्थानमा विद्युतका पोल ढलेपछि विद्युत सेवा समेत अवरुद्ध भएको छ ।
उनले पहिरोका कारण खानेपानी र मोटरबाटाको सुविधाबाट समेत बञ्चित हुनु परेको बताए ।
अहिले त्यहाँका स्थानीय झण्डै एक घण्टाको बाटो हिँडेर खोलाको पानी खान बाध्य भएका छन् ।