बैशाख २७, २०८१, बिहीबार
               

सुनको मूल्यमा गिरावट

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । आज सुनको मूल्यमा ५ सयले घटेर ९२ हजार २ सयमा पुगेको छ ।

बिहीबार सुन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

चाँदीको मूल्य १० रुपैयाँले घटेर ९ सय ९५ रुपैयाँमा कायम छ ।

अघिल्लो दिन चाँदी एक हजार ५ रुपैयाँमा कारोबार भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि