जेठ ०९, २०८१, बुधबार
               

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नियमित सेवा सञ्चालन

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले  आफ्नो नियमित सेवा सञ्चालन सुरु गरेको छ । 

यसअघि सो अस्पतालले कोरोना भाइरस कोभिड–१९ का कारण अत्यावश्यकबाहेक सेवा बन्द थियो । 

कोभिड–१९ का कारणले हामीले सबै सेवा दिन  नसकेको अस्पतालका निर्देशक डा सङ्गीता कौशल मिश्राले जानकारी दि इन्नु ।

उनले  भनिन्, ‘तर अब सेवा रोक्नुपर्ने आवश्यकता नभएकाले पहिल्यै जस्तै बिरामीलाई सबै सेवा दिन थालेका छौँ ।’ 

कोभिड–१९ को कारणले बन्द भएको बहिरङ सेवा पनि केही पहिले शुरु गरेको अस्पतालले अब भने निःसन्तान, परिवार नियोजन, कृत्रिम गर्भाधान र तालिम सेवा शुरु गरेको छ । अस्पतालले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै ती सेवा दिन थालिएको हो । 

बन्दाबन्दीका  बीचमा प्रसूति, गर्भपतन र आस्कमिक सेवा सुचारु भएका थिए । अस्पतालमा महिला विभिन्न रोगसम्बन्धी उपचार गरिन्छ ।

अस्पतालका निर्देशक डा मिश्राले दूरबिनबाट गरिने शल्यक्रियासमेत अब चाँडै शुरु गरिने बताइन् । कोभिड–१९ को सङ्क्रमणका कारण हुने डरले दूरबिनबाट गरिने शल्यक्रिया लकडाउनसँगै रोकिएको पनि उनले बताइन् । 


कस्तो लाग्यो ?

यो पनि