असोज ०६, २०८१, आइतबार
               

आजदेखि गुड्यो साझा यातायात (फोटो फिचर)

नेपाल फ्ल्यास
साउन ०१, २०७७

ADVERTISEMENT

काठमाडौं । साझा यातायातले आज (बिहीबार) बाट सेवा सुरु गरेको छ । 

लकडाउनका कारण झण्डै चार महिना थन्किएको साझा यातायातले आजदेखि सेवा सुरु गरेको हो ।

सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए ।

यात्रुको चाप हेरेर आवश्यकताअनुसार अन्य रुटमा बसहरु थप्दै जाने उनले बताए ।

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन् । 

साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।

यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ ।

साझाका चालक र सहचालकले पनि फेस सिल्ड लगाएर सेवा गरेका छन् । साथै यात्रुको सेवामा निस्किनुअघि बसका सिटलगायतका स्थानमा स्यानिटाइज गरिएको छ ।

यसअघि सोमबारबाट मयूर, संयक्त यातायातले बस सेवा सुरू गरेका थिए । 

साथै महानगर यातायात, सुन्दर यातायात लगायतका बस र विद्युतीय टेम्पोले पनि यसअघि नै सेवा सुचारू गरिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि