जेठ ०६, २०८१, आइतबार
               

शाही र कार्की एआईजीमा बढुवा सिफारिस

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीमा जनपद प्रहरीको समूहतर्फको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदका लागि बढुवा समितिले दुईजना डीआईजीको नाम सिफारिस गरेको छ । प्रहरी नायब महानिरिक्षक (डीआईजी) निरज शाही र प्रधुम्न कार्की अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका हुन् ।

बुधबार साँझ गृहमन्त्रालयमा बसेको बढुवा समितिको बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो । अब एक साताभित्र कुनै उजुरी नपरे सरकारले उनीहरुलाई एआईजीमा पदस्थापन गर्नेछ । शाही र कार्की वर्तमान महानिरीक्षक शैलेश थापाकै ब्याची हुन् । त्यसैले आईजीसँगै सबै एआईजी २२ महिनापछि अवकास हुने छन् भने डिआइजीबाट आइजिपी आउनेछन् । 

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि