बैशाख २२, २०८१, शनिबार
               

विशेष अदालतमा यो वर्ष सर्वाधिक मुद्दा

नेपाल फ्ल्यास
असार ३१, २०७७

ADVERTISEMENT

काठकाडौं । विशेष अदालतको १८ वर्षको इतिहासमा यो आर्थिक वर्षमा सर्वाधिक मुद्दा दर्ता भएका छन् ।

विशेष अदालतमा आर्थिक वर्ष २०७६/७७ मा चार सय ५० वटा मुद्दा दर्ता भएको हो । विशेष अदालतमा पछिल्लो समयमा मुद्दाको संख्या बढेको हो ।

विशेष अदालतका अध्यक्ष शिवराज अधिकारीले मुद्दा दर्ताको चाप बढेकोले इजलास अपुग भएको बताए । उनले अपराधका प्रकृति परिवर्तनशील रहेको तर अदालतसँग मानवीय र भौतिक दुवै पक्षमा अभाव भएको जनाए ।

विशेष अदालतलाई भ्रष्टाचार, अकुत सम्पत्ति, सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा हेर्ने कार्यक्षेत्र छ । तर अनुसन्धान गर्ने निकाय अख्तियार,  सम्पत्ति शुद्धीकरण विभाग जस्ता कार्यालय सुविधा सम्पन्न र प्रविधिको उच्चतम उपयोग गरिरहेका भए पनि न्यायिक मन प्रयोग गर्ने विशेष अदालत भने न्यून स्रोत साधनमा सञ्चालन भइरहेको विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षेत्रीले बताए ।

सुशासनसँग जोडिएको विशेष अदालतले भौतिकदेखि कर्मचारी अभावसम्मले रणनीतिक योजना अनुसार उपलब्धि हासिल गर्न सकेको छैन । उसले आर्थिक वर्ष नसकिँदै वर्षभरका फैसलाको पूर्णपाठ भने तयार पार्न थालेको छ ।

साथै विशेष अदालतले स्थापनाको १८ वर्षपछि नियमावली ल्याउन पहल सुरु गरेको छ । कार्यविधिमा सरलीकरण, फैसला कार्यान्वयन संयन्त्रको स्थापना र कार्य विवरणको निर्धारण गर्न पनि नियमावली आवश्यक परेको रजिस्ट्रार क्षेत्रीले बताए ।


कस्तो लाग्यो ?

यो पनि