बैशाख २२, २०८१, शनिबार
               

बहालवाला प्रहरी नायब उपरीक्षक रमेश सिंहविरुद्ध मुद्दा दायर

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक रमेश सिंहविरुद्ध मुद्दा दायर भएको छ ।

उनीविरुद्ध  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति सच्याई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा परेको हो । 

उनी बहालवाला डीएसपी  सिंह हुन्  ।
डीएसपी सिंहविरुद्ध  जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाणपत्रको जन्म मिति सच्याई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएको उजुरी परेको भनी उजुरी परेको हो । 

उनीमाथि नेपाली नागरिकताको प्रमाण र शैक्षिक योग्यताका प्रमाणपत्रसमेत उल्लिखित जन्म मिति सच्याई ढाँटी झुठ्ठा विवरण उल्लेख गरी सेवा प्रवेश गरेको आरोप छ । 

अहिले उनी नेपाल प्रहरीको बालबालिका खोजतलास तथा समन्वय केन्द्र भृकुटीमण्डपमा कार्यरत छन् ।


कस्तो लाग्यो ?

यो पनि