जेठ ०५, २०८१, शनिबार
               

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले प्यानलसहित वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । 

ढकालले मंगलबार बालुवाटारमा एक कार्यक्रम गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

उम्मेदवारी घोषणा गर्दै ढकालले भने, ‘शेखर गोल्छा अर्को प्यानलमा लाग्नुभएको छ, त्यो अशोभनीय छ । उहाँ सबैको साझा बन्नुपर्छ ।’

ढकालको प्यानलबाट वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ, एसोसिएट उपाध्यक्षतर्फ रामचन्द्र संघाई, जिल्ला नगर उपाध्यक्षतर्फ गुणनिधि तिवारीले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

कार्यक्रममा उनले अर्को प्यानलका साथीहरुले सबै व्यवसायीको हित गर्न नसक्ने दाबी गरे ।

‘पहिले पनि व्यवसायीका समस्या समाधान गरेको हामीले नै हो र अब पनि हामीले नै गर्नेछौँ’, उनले भने  ।

महासंघको निर्वाचन आगामी साउन २५ र २६ गतेका लागि तय भएको छ । महासंघको अध्यक्षमा शेखर गोल्छा विधानतः अध्यक्ष निश्चित भइसकेका छन् । 

महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ ।

यो पनि