बैशाख २७, २०८१, बिहीबार
               

फाट्टफुट्ट चल्न थाले सार्वजनिक बस

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् । सोमबार चक्रपथमा  मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् ।

सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् ।

सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दूरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् ।


कस्तो लाग्यो ?

यो पनि