असोज ०६, २०८१, आइतबार
               

स्याङ्जामा पहिरोः तीन जना बेपत्ता, तीनको उद्धार

नेपाल फ्ल्यास
असार ३०, २०७७

सांकेतिक फोटो
ADVERTISEMENT

स्याङजा । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर स्याङजामा तीन जना बेपत्ता भएका छन् ।

कालीगण्डकी गाउँपालिका–४ खहरेमा पानी बनाउन भनी गएका स्थानीय पहिरोमा परेका हुन् ।

मंगलबार बिहान पानी बनाउन भनेर गएका ६ जनामध्ये तीन जनाको घटनास्थलबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।

खहरेका हुमनाथ पाण्डे, ईमान सिंह राना र वीरबहादुर रानालाई घाइते अवस्थामा उद्धार गरी गल्याङमा उपचारका लागि पठाइएको छ।

प्रहरीका अनुसार, तीन जना अझै बेपत्ता छन् । उनीहरु जाँदै गर्दा माथिबाट पहिरो खसेको स्थानीयले बताएका छन् ।

पहिरोमा प्रेमचन्द्र पाण्डे, जिमानसिंह थापा र टिकाबहादुर थापा हराइरहेका छन् । 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट प्रहरी उपरीक्षकको कमाण्डमा र वडा प्रहरी कार्यालय वालिङ स्याङजाबाट समेत थप प्रहरी टोली खटिएको छ।

यस्तै बेलटारीबाट नेपाली सेनाको टोली र वालिङबाट सशस्त्र प्रहरीको टोली समेत उद्धारमा खटिएको छ ।


कस्तो लाग्यो ?

यो पनि