बैशाख २७, २०८१, बिहीबार
               

सरकारकाे आश्वासनपछि गाडी चलाउन सहमत, लामो दूरीका सवारीसमेत खोल्न माग

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारकाे आश्वासनपछि यातायात व्यवसायी सार्वजनिक यातायात सञ्चालनका लागि तयार भएका छन् । यसअघि गाडी बाहिर ननिकाल्ने निर्णय गरेका व्यवसायीहरुले उठाएका केही मागहरु सम्बोधन गर्ने आश्वासनपछि गाडी चलाउन सहमत भएका हुन् ।

आफ्ना मागहरुमा सरकार गम्भीर बनेको निष्कर्षसहित उनीहरुले सवारी सञ्चालनको पूर्वतयारी तत्कालै सुरु गर्ने सहमति गरेका छन् । तर, सवारी सञ्चालनको थप मोडालिटीबारे भने बुधबार तय हुनेछ ।

सोमबार नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष र मजदूर संगठन संम्मिलित कार्यदलले यातायात व्यवस्था विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाका अधिकारीहरुसँग छलफल गरेको थियो ।

सो छलफलले काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चलाउने मोडालिटीको सम्बन्धमा छलफल गरेको थियो । उक्त छलफल सकारात्मक भएको र यसले सवारी सञ्चालनको मार्ग प्रशस्त गरेको व्यवसायी र मजदूरहरुको निष्कर्ष छ ।

अखिल नेपाल यातायात मजदूर संगठनका अध्यक्षसमेत रहेका कार्यदलका सदस्य दीपक केसीले छलफल सकारात्मक भएपछि तत्काल बाहिर निस्कनसक्ने सवारीसाधन सञ्चालनलाई तयारी अवस्थामा राख्न आफूहरु सहमत भएको बताए ।

योसँगै व्यवसायी र मजदूरहरुले लामो दुरीका गाडी सञ्चालनको पूर्वतयारी समेत थालेको समेत उनको भनाइ छ ।


कस्तो लाग्यो ?

यो पनि