असोज ०६, २०८१, आइतबार
               

कम्युनिष्ट सेल्टरदाताको निधन

नेपाल फ्ल्यास
असार ३०, २०७७

ADVERTISEMENT

मकवानपुर । वरिष्ठ कम्युनिष्ट नेत्री बालकुमारी थापाको निधन भएको छ ।

नेकपा मकवानपुरका अभिभावकसमेत रहेकी कम्युनिष्ट आन्दोलनकी नेत्री थापाको ७६ वर्षको उमेरमा गएराति हेटौँडा अस्पतालमा निधन भएको हो ।

तत्कालीन नेकपा (एमालेकी) सल्लाहकारसमेत रहेकी थापा विसं २०३५ देखि ०४६ सम्म तत्कालीन नेकपा (माले) को सेल्टरदाताको रूपमा चर्चित थिइन् ।

लामो समयदेखि मुटुसम्बन्धी समस्याले ग्रस्त थापाको हेटौँडा अस्पतालमा उपचारका क्रममा निधन भएको हाे । मकवानपुर कम्युनिष्ट आन्दोलनकी वरिष्ठ नेत्री थापा हेटौँडा उपमहानगरपालिका–१७ राजदेवी निवासी हुन् ।

उनले अहिलेका नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी, नेता जीवराज आश्रित, विद्यादेवी भण्डारी, मालेका महासचिव सिपी मैनाली, नेकपाका नेता प्रदीप नेपाललगायतका नेतालाई आश्रय दिने गरेको नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने बताए ।

अहिले थापालाई श्रद्धाञ्जलि दिन वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, नेकपाका केन्द्रीय सदस्य रामेश्वर रानालगायत नेकपाका नेताहरूको निवासमा उपस्थिति रहेको छ । उनको आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि