असोज ०६, २०८१, आइतबार
               

मस्तिष्कलाई स्वथ्य राख्न खाली पेटमा मह र कागती खानुहोस्

एजेन्सी
असार ३०, २०७७

ADVERTISEMENT

काठमाडौं । मानिसको शरीरको सबैभन्दा महत्वपूर्ण हिस्सा भनेको नै मस्तिष्क हो। मस्तिष्कले हाम्रो शरीरलाई सञ्चालन गर्छ जसको इशारामा हाम्रो शरीरको हरेक अंगले काम गर्ने गर्छ । हाम्रो शरीरमा सबैभन्दा धेरै काम मस्तिष्कले गर्छ ।

यसैगरी शरीरमा सबैभन्दा धेरै अक्सिजनको आवश्यकता हाम्रो मस्तिष्कलाई नै हुने गर्छ । तर मस्तिष्कमा पोलिस्याचुरेटेड फ्याटी एसिड र लिपिड्सको मात्रा अत्यधिक हुने भएकोले शरीरमा फ्रि रेडिकल निकाल्ने अक्सिडेशनको क्रियाले सबैभन्दा धेरै क्षती मस्तिष्कलाई नै पुर्याउने गर्छ ।

फ्रि रेडिकल्सले मस्तिष्कको कोसिकालाई नष्ट गर्छ जसका कारण अल्जाइमर, डिमेन्शियाजस्ता रोग लाग्ने गर्छन् ।

मस्तिष्कलाई स्वास्थ्य राख्न अत्यावश्यक छ एन्टिअक्सिडेन्ट्सः

शरीरमा हुने यो अक्सिडेशनलाई रोक्नका लागि हामीलाई एन्टी–अक्सिडेन्ट्सको आवश्यकता पर्छ । यो एन्टिअक्सिडेन्ट्स हामीले खानपिनबाट पाउने गर्छौं । त्यसैले भन्ने गरिन्छ– जो व्यक्ति प्राकृतिक वस्तुको सेवन गर्छन् उनीहरुमा बुढ्यौली र स्मरण शक्तिको कमी हुँदैन । मस्तिष्कलाई क्षती हुनबाट रोक्नका लागि विभिन्न पोषक तत्वको आवश्यकता हुन्छ जस्तै भिटामिन सी, भिटामिन इ, जिंक, बिटा क्यारोटीन, सेलेनियम आदि ।

तसर्थ, यदि तपाईं दैनिक बिहान खाली पेटमा शक्तिशाली एन्टिअक्सिडेन्टस्ले भरपुर खानेकुराको सेवन गर्नुहुन्छ भने तपाईंको मस्तिष्क र शरीर दुबै लामो समयसम्म स्वस्थ रहनेछन् । तीमध्ये यस्तो एउटा खानेकुरा छ जुन हाम्रो घरमा निकै सजिलै उपलब्ध हुन्छ र त्यो हो मह र कागती ।

मह र कागतीलाई एन्तिअक्सिडेन्ट्सको भण्डार मानिन्छ

महको महत्व आयुर्वेदिक औषधिका रुपमा पनि लिइन्छ र आजको विज्ञानले पनि महलाई शक्तिशाली औषधी मानेको छ । राम्रो गुणस्तरको महमा विभिन्न प्रकारका ओर्गानिक एसिड्स र फ्लेवोनोइड्सजस्ता फेनलिक कम्पाउन्ड्स पाइन्छ जुन रगतमा मिसिएर रोगसँग र फ्रि रेडिकल्ससँग लड्नमा शरीरलाई मद्दत गर्छ ।

शरीरको सबै अंगको रक्षा गर्छ

महमा एन्टी भाइरल, एन्टी ब्याक्टेरियल र एन्टी इन्फ्लेमेट्री गुण हुन्छ जसका कारण यसले तपाईंको प्रतिरोधी क्षमतालाई बलियो बनाएर तपाईंको कलेजो, मुटु, मृगौला र फोक्सो आदिको रक्षा गर्छ । तर मह सबैभन्दा बढी तपाईंको मस्तिष्कका लागि फाइदाजनक हुन्छ । महले मस्तिष्कको कोसिकालाई क्षती हुनबाट जोगाउँछ । यहाँसम्म कि यदि बुढ्यौली लागिसकेका व्यक्तिले पनि यदि दैनिक रुपमा एक चम्चा मह खान्छन् भने उनीहरुको स्मरणशक्ति, एकाग्रता र आँखाको ज्योति लामो समयसम्म कायम रहन्छ ।

दैनिक बिहान एक चम्चा मह मन तातो पानि र कागती मिसाएर खाँदा स्वस्थ र स्फूर्त हुन्छ

दैनिक बिहान उठेपछि एक गिलास मनतातो पानीमा एक चम्चा अर्गानिक (राम्रो गुणस्तरको) मह र कागतीको रस मिसाएर पिउनुहोस् । त्यसपछि कम्तीमा ३० मिनेटसम्म केहि पनि नखानुहोस् । यसो गर्दा तपाईंको शरीरले ऊर्जा प्राप्त गर्छ, एन्टिअक्सिडेन्ट पनि पाउँछ र मस्तिष्कलाई लामो समयसम्म स्वस्थ राख्न मद्दत गर्छ । मात्र यति कुरा ध्यान राख्नुहोस् कि तपाईंलाई मधुमेह र पिसीओडीको समस्या छ भने आफ्नो डाक्टरलाई सोधेर मात्रै महको सेवन गर्नुहोस् ।

यो पनि