असोज ०६, २०८१, आइतबार
               

तनहुँ पहिरो अपडेट : मृत्यु हुनेको संख्या १० पुग्यो

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । तनहुँमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ भने २ जना अझै बेपत्ता छन् । 

जिल्ला प्रहरी कार्यालय तनहुँले पहिरोले घर पुरिँदा व्यास नगरपालिका–९ माझफाँटमा एकै परिवारका तीनसहित चारजना, ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैसीकिलेमा ५ जना र म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा एकजनाको मृत्यु भएको जनाएको छ ।

पहिरोले घर पुरिँदा बेपत्ता भएका ३० वर्षीय भेषबहादुर थापा, ३० वर्षीया नानुमाया थापा, २२ वर्षीय महादेव थापा, १९ वर्षीया मनिशा थापा, ५ वर्षीया अनिषा थापाको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यसैगरी, पहिरोले पुरिँदा व्यास नगरपालिका-९ माझफाँटमा ४० वर्षीय कमला थापा, उनका छोरा २४ वर्षीय मनोज थापा, छोरी २१ वर्षीया अञ्जना थापा, सोही ठाउँकै ७० वर्षीया मैतीमाया घर्तीको मृत्यु भएको तनहुँ प्रहरीले जनाएको छ । 

अहिले बेपत्ताहरुको खोजी कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सक्रिय रहेको बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि