जेठ ०९, २०८१, बुधबार
               

सुन्दर यातायात भन्छ : हामी सरकारले तोकेको ५० प्रतिशत बढी भाडा नलिई गाडी चलाउँछौँ

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सुन्दर यातायातले बिजुली गाडी चलाउने भएको छ । 

सरकारले सार्वजनिक यातायात चलाउन अनुमति दिए पनि यातायात व्यवसायी र संघले सरकारसँग विभिन्न माग राख्दै गाडी चलाउन आनाकानी गरिरहेका बेला सुन्दर यातायातले लकडाउन अगाडिकै भाडामा बिजुली गाडी चलाउने भएको हो ।

सुन्दर यातायातले सरकारले ५० प्रतिशत धेरै भाडा लिन पाउने निर्णय गरे पनि आफूहरुले सरकारले भनेअनुसार नै आधा यात्रु हाली  पुरानै भाडामा गाडी चलाउने बताएको छ । 

सो  यातायातले  २ वटा पुरानै रुटमा र २ वटा नयाँ रुटमा सेवा सञ्चालन गर्ने भएको छ । 

सुन्दर यातायातले रिङ रोडमा आफ्नो पुरानो रुट  भएको बताउँदै सो रुटमा सूर्यविनायक–जमल–रत्नपार्क रुटमा गाडी चल्ने बताएको छ । 

गाडीमा नेपाल सरकारले तोकेभन्दा सुरक्षित स्वास्थ्य सुरक्षा अपनाइने यातायातले दाबी गरेको छ । 

यातायात सञ्चालनका क्रममा सरकारले तोकेअनुसार चालक, सह–चालकहरुलाई बुट, प्रोटेक्टिभ ग्लास, प्रोटेक्टिभ सुट, वासएबल ग्लब्स, मास्क उपलब्ध गराइ प्रयोग गराउने बताएको छ । यातायातले प्रत्येक यात्रुको तापक्रम जाँच्ने पनि बताएको छ । 

उसले भनेको छ, 'मास्क नलगाउने यात्रुलाई चढ्न दिइने छैन। त्यस्तै मास्क नलगाएका ६० वर्ष माथिकालाई हामी निःशुल्क मास्क दिन्छौं।’

घातक किटाणुबाट जोगाउन प्रत्यक दिन गाडीलाई स्यानिटाइज गरिने र प्रत्येक ट्रिपपछि पनि हाते पम्पबाट स्प्रे गरिने पनि यातायातले जनाएको छ । 

यो पनि