असोज ०६, २०८१, आइतबार
               

अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा गोंगबुबाट एक युवक पक्राउ

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । अश्लील सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा एक नेपाली पक्राउ परेका छन्  ।

विदेशबाट वेबसाइट होस्टिङ गरेर सो सामग्री उत्पादन र प्रकाशन गरेको अभियोगमा काठमाडौं, गोंगबुका २३ वर्षीय एक युवक पक्राउ परेका हुन् । 

नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो ।  एक पीडित युवतीले दिएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । 

उनीमाथि विदेशबाट वेवसाइट होस्टिङ गरेर नेपाली अश्लील चलचित्र प्रशासनण गर्ने गरेको आरोप छ । उनलाई विद्युतीय कारोबार ऐेन २०६३ अनुसार कारबाही हुने बताइएको छ । 

श्रेष्ठमाथि विद्युतीय कराोबार ऐन अनुसार ७ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।हाल उनले चलाएको वेवसाइट बन्द भइसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि