बैशाख २३, २०८१, आइतबार
               

खुले भारतीय न्युज च्यानल, तर, जी न्युजसहित चारवटा अझै बन्द

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

बन्द भएका भारतीय च्यानलहरुमध्ये चारबाहेक अन्यको प्रशारण खुलेको छ । 

टेलिभिजन केवल अपरेटरहरूको निर्णयबाट नेपालका लागि ती च्यानल खोलेका हुन् । 

तर,  चारवटा भारतीय समाचार च्यानल भने खुलाइएको छैन । 

केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको छन् ।

सोही निर्णयअनुसार अरु न्यूज च्यानल खोलिएको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए ।

‘केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय भएको हो,’ शर्माले भने । 
गएरातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन सुरु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि