जेठ ०८, २०८१, मंगलबार
               

समितिद्वारा सरकारलाई भारतीय बाँध र तटबन्ध हटाउन पहल गर्न निर्देशन

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल सरकारलाई नेपाली सीमामा भारतद्वारा निर्मित सडक, बाँध र तटबन्ध तत्काल हटाउन निर्देशन दिएको छ । 

यस्तै समितिले  सरकारलाई एकीकृत बस्तीका लागि कानुन बनाउन पनि निर्देशन दिएको छ । 

राज्य व्यवस्था तथा सुशासन समितिले एकीकृत बस्ती निर्माणसम्बन्धी गुरुयोजना  र त्यसका लागि कानुन बनाउन निर्देशन दिएको छ ।

भारतले सीमा क्षेत्रमा एकलौटी रुपमा बाँध, सडक, तटबन्ध निर्माण गरेकाले तराईका जिल्ला डुबानको खतरामा परेको भन्दै सरकारलाई यस्तो  निर्देशन दिएको हो । 

यसका अलवा सभापति शशी श्रेष्ठले विगतका निर्देशन कार्यान्वयन गर्न पनि निर्देशन दिएकी छिन् । 

एकीकृत बस्ती निर्माणको विषयमा लामो समयदेखि कुरा हुँदै आए पनि यसलाई अगाडि बढाउने योजना सम्बद्ध निकाय वा सरकारबाट नआएको भन्दै समितिले स्पष्ट गुरुयोजना ल्याउन सरकारलाई निर्देशन दिएको छ । 

सोमबारै गृहमन्त्री रामबहादुर थापा बादलले पनि भारतीय हस्तक्षेपका कारण तराईका जिल्ला डुबानमा परेको बताएका छन् । 

यसका अलवा समितिले विनायोजना डोजर चलाउएको भन्दै माटोको भूबनोटको निरीक्षण गरेर मात्रै जो विकास निर्माणका काम गर्न सरकारलाई निर्देशन निर्देशन पनि दिएको छ ।

यो पनि