जेठ ०६, २०८१, आइतबार
               

डिआइजी पोखरेलको चलखेल, चेन अफ कमान्ड टुट्ने डर

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल प्रहरीमा रिक्त दुई अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको छ ।

प्रहरी महानिरीक्षकमा शैलेस थापा क्षेत्रीको बढुवा र एआईजी तारणी लम्सालको अवकाशपछि एआइजीका लागि अस्वस्थ प्रतिस्पर्धा सुरु भएको हो । आइजिपी थापाका व्याची नीरजबहादुर शाही, प्रद्युम्न कार्की स्वतः एआइजीमा बढुवा हुनुपर्ने भए पनि अर्का चतुर डिआइजी विश्वराज पोखरेलले विभिन्न शक्ति केन्द्र धाएर ‘छिर्के दाउ’ हान्न खोजेपछि आइजिपी थापा, गृह सचिव महेश्वर न्यौपाने अप्ठ्यारोमा परेका छन् । राजनीतिक दबाब र प्रभावबाट टाढै रहेका आइजिपी थापालाई पोखरेलले शक्ति केन्द्र धाएर पहिलो गाँसमै ढुङ्गा खुवाउने प्रयास गरेका हुन् । 

डिआइजी शाही र कार्की नै एआइजीका पहिलो हकदार हुन् । उनीहरूलाई बढुवा नगरी पोखरेललाई बढुवा गरे अहिलेको अवस्थामा प्रहरी सङ्गठनभित्र चेन अफ कमान्डमै प्रभाव पर्ने देखिन्छ । थापाका ब्याचीको वैकल्पिक समूहमा रहेर ११ महिनापछि भर्ना पाएका पोखरेल अत्यन्तै चतुर र विवादित डिआइजी मानिन्छन् । शक्ति केन्द्र रिझाउन समेत उनी खप्पिस छन् । अहिले एआइजीको प्रतिस्पर्धामा आउन चाहे पनि उनी शाही र कार्की भन्दा अब्बल अधिकृत मानिँदैनन् । यसअघि पनि पोखरेल एआइजी बन्ने दौडमा लाग्दा प्रहरी सङ्गठनभित्र हलचल मच्चिएको थियो । 

‘गृह मन्त्रालयले सिफारिस मागे लगत्तै प्रस्ताव लैजान मिल्ने गरी तयार भएको छ’, स्रोतले भन्यो । तर आइजिपी थापाले उनको नाममा बेवास्ता गरेपछि उनी शक्ति देखाइदिन्छु भन्दै पूर्व एमालेका नेताहरू कहाँ पनि धाइरहेका छन् ।

प्रहरीमा पोखरेलको वरीयता पनि शाही र कार्कीभन्दा तलै छ । प्रहरी प्रधान कार्यालयले डिआइजी शाही र कार्कीलाई एआइजीका लागि सिफारिस गर्ने प्रस्ताव तयार पारेको थाहा पाएपछि उनी विभिन्न शक्ति केन्द्रहरू धाउन थालेको चर्चा प्रहरी सङ्गठन भित्र व्यापक बनेको छ । प्रहरीभित्र अहिले खासखुस भए अनुसार उनी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई दाजु साइनो लगाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरे, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा लगायत विभिन्न शक्ति केन्द्रको चाकडीमा बिहानैदेखि व्यस्त हुने गरेका छन् । 

‘गृह मन्त्रालयले सिफारिस मागे लगत्तै प्रस्ताव लैजान मिल्ने गरी तयार भएको छ’, स्रोतले भन्यो । तर आइजिपी थापाले उनको नाममा बेवास्ता गरेपछि उनी शक्ति देखाइदिन्छु भन्दै पूर्व एमालेका नेताहरू कहाँ पनि धाइरहेका छन् । 

पोखरेल एक वर्ष अघि नै डिआइजीमा बढुवा भएका थिए । उनका ब्याचीहरु गत चैतमा मात्रै बढुवा भएका हुन् । तत्कालीन डिआइजी सुशील भण्डारीको सवारी दुर्घटनामा मृत्यु भएपछि उनको स्थानमा पोखरेलले त्यति बेला चलखेल गरेरै एकल बढुवा पाउन सफल भएका थिए । 

‘कार्की र शाहीभन्दा ११ महिनापछि भर्ना भएका तथा उनीहरूभन्दा ८ महिनापछि मात्रै डिआइजी भएका पोखरेललाई शक्तिको आडमा एआइजीमा बढुवा गरेर अन्यलाई अन्याय गरियो भने प्रहरीमा चेन अफ कमान्ड बिग्रन्छ’', प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो । हालका आइजिपी थापाको टोली २०४९ वैशाख १९ गते भर्ना भएका थिए भने २०४९ चैत ११ गते पोखरेलको टोली भर्ना भएको थियो । पोखरेलले पनि आफूलाई थापाकै ब्याचकै भएको बताउँदै आएका छन्।

२०४९ सालमा तालिमपछिको मेरिटमा आइजि शैलेस थापा पहिलो नम्बरमा र ईश्वरबाबु कार्की दोस्रो नम्बरमा थिए। त्यति बेला हाल दोस्रो नम्बरमा रहेका हरि पाल ११ औँ र तेस्रो नम्बरमा रहेका शाही नवौँ नम्बरमा थिए भने प्रद्युम्न कार्की पाँचौँ नम्बरमा थिए । शासन र सरकार बदलिएपछि २०५८ सालमा डिएसपी बढुवा हुँदा राजेशलाल कर्णलाई एक नम्बर, थापालाई दोस्रो, सौरभ राणालाई तेस्रो, शाहीलाई चौथो र कार्कीलाई पाँचौँ नम्बरमा बढुवा गरियो । 

त्यसैगरी २०६६ सालमा एसपी बढुवा गर्दा ईश्वरबाबु कार्कीलाई झन् पछि धकेलिएको थियो । त्यस बेला बानेश्वर वृत्तमा रहेका दिलीप चौधरीलाई आन्दोलनमा घाइते भएको भन्दै एक नम्बरमा बढुवा गरियो भने दोस्रो नम्बरमा कर्णलाई बढुवा गरिएको थियो । तेस्रोमा थापा, चौथोमा शाही, पाँचौँमा पाल र छैटौँमा प्रद्युम्न कार्कीलाई बढुवा गरिएको थियो । २०७४ मा एसएसपी बढुवा गर्दा थापा, शाही र कार्कीलाई त्यही समूहमा र शक्ति-स्रोतको दुरुपयोग गरी पछिल्लो ब्याचका पोखरेल नवौँ नम्बरमा बढुवा भए । 

२०७४ सालको बढुवामा थापाका ब्याचीसँगै पोखरेल समूहका चार जना पनि एसएसपी भएका थिए । त्यति बेला नवौँ नम्बरमा बढुवा भएका पोखरेल अहिले एआइजीको दाबेदार भएका हुन् । ‘आफ्नो ब्याचमा प्रतिस्पर्धा हुनुलाई स्वाभाविक मानिन्छ तर अघिल्लो ब्याचलाई पनि फड्को मार्न खोज्नु भनेको चेन अफ कमान्डमा ठुलै असर पार्नु हो । त्यस्तो अवस्थामा अघिल्लो ब्याचका अधिकृतहरूले सङ्गठनबाट राजीनामा दिनुको विकल्प छैन’, प्रहरी प्रधान कार्यालय स्रोतले भन्छ । 

अहिले पनि आइजिपी थापा भन्दा सिनियर ब्याचका एसएसपी पुरुषोत्तम कँडेल, गणेश ऐर, घनश्याम अर्याल, देवबहादुर बोहरा एसएसपी नै छन् । ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, देवबहादुर बोहरा, वसन्तकुमार पन्त पोखरेलभन्दा ११ महिनाअघि प्रहरी सङ्गठनमा प्रवेश गरेका भए पनि एसएसपीमा बढुवा हुँदा पोखरेल नै वरिष्ठ भएका थिए । त्यसपछि उनी आफ्नोभन्दा पनि अघिल्लो ब्याचीलाई नै उछिनेर सिनियर बन्दै आएका छन् । जसका कारण उनलाई भावी आइजिपीका दाबेदार भन्दै आइए पनि उनी अहिले पनि फड्को मारेर सुरक्षित हुन चाहन्छन् । 

२०७४ साउन १९ गतेको बढुवामा पोखरेलपछि प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु कार्की र उनका ब्याची धिरजप्रताप सिंह, उत्तमराज सुवेदी, वसन्तकुमार लामा र दिवेश लोहनी बढुवा भएका थिए । पोखरेल, सिंह, सुवेदी, लामा, लोहनी र सहकुल थापा २०४९ चैत ११ गते प्रहरी सङ्गठनमा प्रवेश गरेका हुन् ।

अहिलेकै अवस्था हेर्ने हो आइजिपी शैलेस थापाको अवकाश पछि उनी आइजिपी हुने संभावना देखिन्छ तर पनि उनी अहिले नै एआइजी भएर देखाउन चाहन्छन् । अहिले आफ्ना ब्याचीभन्दा अघि नै डिआइजी भएकाले पछि खाली हुने एआइजीमा पोखरेलको स्वतः दाबी रहनेछ । शाही र कार्कीमध्ये एआइजी भए भने पोखरेल त्यस क्रममा भने सिनियर डिआइजीका रूपमा रहने छन् र उनको प्रतिस्पर्धा त्यति बेला आफ्नै ब्याचीसँग हुनेछ । रोल क्रमका आधारमा सिनियर डिआइजीकै हैसियतमा उनी आइजिपी हुन सक्ने अवस्थामा अहिले पनि छन् । 

तत्कालीन आइजिपी सर्वेन्द्र खनालले सुरुमा उनलाई डिआइजीमा बढुवा गर्न नमाने पनि अन्ततः प्रधानमन्त्री कार्यालय र रक्षामन्त्रीको दबाबको अगाडि घुँडा टेकेका थिए । बढुवा सिफारिस भएको दिन उनी गृहमन्त्री रामबहादुर थापाको जन्मदिन मनाउन केक बोकेर मन्त्री निवास समेत पुगेका थिए । 

डिआइजी पोखरेलले शक्तिकेन्द्रसँग सधैँ नजिक रहन अनेकौँ ‘फण्डा’ गर्दै आएका छन् । उनले तत्कालीन आइजिपी उपेन्द्र कान्त अर्यालको विश्वासपात्रको रूपमा कर्मचारी प्रशासनमा रहेर काम गर्ने मौका पनि पाएका थिए । त्यस बेला अर्याललाई प्रभावमा पारेर आफ्नो कार्य सम्पादनको नम्बर बढाउन सफल पोखरेलले सबैलाई उछिनेर एसएसपीमा बढुवा पाएको चर्चा आज पनि प्रहरी सङ्गठनभित्र हुने नै गर्छ । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौँ प्रमुखको रूपमा कमान्ड सम्हालेका पोखरेलले क्षमता देखाउन नसकेपछि ६ महिनामै फिर्ता हुनु परेको थियो । 

काठमाडौँ परिसरबाट फिर्ता भएपछि पोखरेलको सरुवा दिल्लीस्थित राजदूतावासमा गरिए पनि सङ्गठनलाई चुनौती दिदैं रक्षामन्त्री पोखरेल र मुख्य सचिव लोकदर्शन रेग्मीको शक्तिमा लागु औषधमा काज थमौती भए । तत्कालीन आइजिपी सर्वेन्द्र खनालले सुरुमा उनलाई डिआइजीमा बढुवा गर्न नमाने पनि अन्ततः प्रधानमन्त्री कार्यालय र रक्षामन्त्रीको दबाबको अगाडि घुँडा टेकेका थिए । बढुवा सिफारिस भएको दिन उनी गृहमन्त्री रामबहादुर थापाको जन्मदिन मनाउन केक बोकेर मन्त्री निवास समेत पुगेका थिए । 

४ महिना अघि नै एआइजीमा बढुवा हुन सकिन्छ कि भनेर पोखरेलले काठमाडौँको मेस सुधार गर्ने भन्दै ठाउँ ठाउँमा फोटो खिचाएर प्रचार समेत गर्न भ्याएका थिए । आफ्ना कर्मचारीलाई पन्जा मास्कको अभाव हुँदा एनआइसी एसिया लगायतका बैङ्कबाट लाखौँ रुपैयाँ लिएर आफैँ राहत बाँड्न हिँडेका थिए । आफ्नै मातहतका सुरक्षाकर्मीको बेवास्ता गर्ने तर प्रचारबाजीका लागि अनेक हतकण्डा गर्न तयार हुने उनको प्रवृत्ति रहेको प्रहरी अधिकारीहरू बताउँछन् ।

हाल उनले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एसपी रेवती ढकालको नेतृत्वमा घुमुवा समेत परिचालन गर्ने गरेका छन् । जबकि तालुकदार निकायले घुमुवा प्रयोग गर्न सक्दैन ।

यो पनि