बैशाख २४, २०८१, सोमबार
               

काठमाडौं उपत्यकामा मयुर र संयुक्तका बस गुड्न थाले

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले लागु गरेकाे मापदण्ड पुरा गरेर काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक बसहरू चलन थालेका छन्  । साेमबार काठमाडौं उपत्यकामा मयुर र संयुक्त यातायातका केही बसहरू गुड्न थालेका हुन् । 

मयुर यातायातका अनुसार हाल तीन वटा गाडी सञ्चालन गरिएकाे छ । त्यस्तै संयुक्त यातायात पनि संचालनमा आएका छन् । सञ्चालनमा आएका बसहरूमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरूले मास्क लगाएका छन् । 
यता, साझा यातायातले पनि साउन १ गतेदेखि बस सञ्चालनको तयारी गरेको छ । साझा यातायातका कार्यकारी निर्देशक भुषण तुलाधरले बस सञ्चालनको तयारी गरिरहेको बताए । 


कस्तो लाग्यो ?

यो पनि