बैशाख २४, २०८१, सोमबार
               

सत्रकिलोमा पनि भासियो सडक

नेपाल फ्ल्यास
असार २९, २०७७

फाइल फाेटाे
ADVERTISEMENT

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा सडक भासिएको छ ।

नारायणगढ–मुग्लिन सडकअन्तरगत भरतपुर–२९ सत्रकिलोमा सडक भासिएको हो । 

सडक भासिएपछि अहिले एकतर्फी रूपमा मात्रै सवारी साधन सञ्चालन भैरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

सोमबार विहान ९ बजेतिर सडक भासिएको प्रहरीले जनाएको छ ।

अविरल वर्षाको कारण सडकखण्डको १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा यसअघि भासिएको सडक अहिलेसम्म बनेको छैन ।

यो पनि