असोज ०६, २०८१, आइतबार
               

आज भानुजयन्ती देशभर मनाइँदै

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । आज भानुजयन्ती देशभर मनाइँदै छ । परम्परादेखि मनाउँदै आएको नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको आज २०७ औँ जन्मजयन्ती मनाइँएको हो । भानुजयन्तीमा राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा प्रभात फेरीका साथै साहित्यिक कार्यक्रमको आयोजना हुने गथ्र्यो । तर, यस पटक भने कोरोना भाइरस संक्रमणको कारण त्यस्ता कार्यक्रम गर्ने अवस्था छैन ।

आदिकवि भानुभक्त आचार्यले संस्कृतका आदिकवि वाल्मीकिले रचना गरेको विश्वको प्रथम महाकाव्य रामायणलाई नेपाली सरल भाषामा अनुवाद गरेका थिए । युवा कवि मोतीराम भट्टको प्रयासमा भानुभक्तीय रामायण प्रकाशित भएपछि यो ग्रन्थ घरघरमा भाका हालेर गाउन थालियो र नेपाली भाषा काव्य रचनाको माध्यम बन्यो । नेपालीमाझ लोकप्रिय बन्यो । यो भाषा नेपाली राष्ट्रिय एकताको सूत्र बन्यो ।

भानुभक्त आचार्य तनहुँ जिल्लाको चुँदी, रम्घामा वि सं १८ सय ७१ साल असार २९ गते पिता धनञ्य आचार्य र आमा धर्मावतीदेवीका पुत्रका रुपमा जन्मेका थिए । बाल्यकालमा आफ्ना हजुरबुवा श्रीकृष्ण आचार्यबाट संस्कृत भाषा र साहित्यको ज्ञान पाएका उनले एक जना घाँसीको प्रेरणा पाएर नेपाली भाषामा रामायण अनुवादको थालनी गरेका थिए ।
 


कस्तो लाग्यो ?

यो पनि