असोज ०६, २०८१, आइतबार
               

आज पनि बिहानैदेखि भारी वर्षा, सतर्क रहन मौसमविद्को सुझाव

नेपाल फ्ल्यास
असार २९, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय मौसम पूर्वानुमान महाशाखाले आज मौसमको प्रभावबारे विवरण सार्वजनिक गर्दै आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ । पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानैदेखि देशका विभिन्न स्थानमा भारी वर्षासहित बाढीपहिरोको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा, तथा बाढीपहिरोका सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

महाशाखाले जनाए अनुसार राती देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि